नेपाल र हङकङबीच आज हुने भनिएको एक दिवसीय क्रिकेट पनि रद्द भएको छ ।

श्रीलंकाको कोलम्बोमा रहेको सैनिक मैदान खेल्न योग्य नभएपछि खेल रद्द भएको हो । यसअघि श्रीलंकाको दाम्बुलामा पूर्व निर्धारित ३ वटा ट्वेन्टी–ट्वेन्टी खेल वर्षाका कारण रद्द भएपछि नेपाल र हङकङ कोलम्बो आएका थिए । कोलम्बोमा सैनिक मैदान राम्रो नभएपछि दुवै टिमको सहमतिमा खेल रद्द गरिएको हो । अब कोलम्बोमै नेपाल र हङकङबीच भोलि एउटा ट्वेन्टी–ट्वेन्टी खेल हुने तय छ ।
२ महिनापछि हुने आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको तयारीका लागि नेपाली टिम श्रीलंका पुगेको थियो ।

नेपालले त्यहाँ २ वटा तीन दिवसीय, ३ वटा ट्वेन्टी–ट्वेन्टी र एउटा ५० ओभरको खेल खेल्ने तय भएपनि अहिलेसम्म २ वटा तीन दिवसीय मात्र संभावना रहेको छ ।

Comments

comments