बाक्लो अनि बलियो कपाल हरेकको चाहाना हुन्छ । तर अहिलेको बिजी लाईफस्टाइलमा कपाललाई राम्रोसंग हेरचाह हुन पाउँदैन । साथै बजारबाट किनिएको महङगो प्रोडक्ट्समा धेरै केमिकल्स प्रयोग गरिएको हुनाले कपाललाई हानी पुर्याउँछ । यस्तो अबस्थामा कपाल झर्ने, दुईमुखे कपाल र डेन्ड्रफ जस्ता समस्या सामान्य हुन थालिसकेको छ । त्यसैले यस्तो समस्याबाट छुट्कारा पाउनको लागि यी उपायहरु अपनाउनुहोस ।

चिसो कपालमा काईयो प्रयोग नगर्नुहोस :  कपाल चिसो भएको अबस्थामा कपाल कोर्नाले कपाल सजिलै तन्किने हुनाले कपाल टुक्रने गर्छ । त्यसैले थारै सुकेपछि मात्र काईयो प्रयोग गर्दा उपयुक्त हुन्छ ।

हट अयल मसाज :  नरिवल तेललाई हल्का तताएर कपालको जरामा लगाउनुहोस । यसले तपाईको ब्लड फ्लो सामान्य राख्छ । साथै नरिवल तेलले हेयर फल हुँदैन । तपाई बादाम, सरस्युँ र अमलाको तेल पनि प्रयोग गर्न सक्नुहुँन्छ ।

अदुवाको रस : अदुवा, लसून तथा प्याजको रस जस्ता प्राकृतिक रस कपालमा प्रयोग गर्नुहोस । यसलाई राम्रोसंग कपालको जरामा दल्नुहोस र पुरै रात राख्नुहोस र बिहान कपाललाई राम्रोसंग धुनुहोस ।

एलोभेरा :  एलोभेराको रसले पनि कपाल झर्ने समस्याबाट छुट्कारा दिलाउन मद्धत गर्छ ।  एलोभेरा जेललाई कपालको जरामा सीधा लगाउनुहोस । यसले कपालमा हुने रूखोपन हटाउन मद्धत गर्छ । एलोभेरा बालोले पीएच लेवललाई पनि संतुलित बनाउँछ । एलोभेरा जेलले मसाज गरेको केही घण्टापछि कपाल धुनुहोस । यसलाई हप्तामा दुईपटक प्रयोग गर्न सकिन्छ ।

नीम :  नीमलाई पानीमा उमाल्नुहोस । उमालेपछि यसलाई चिसो बनाउनुहोस । नीमको पानी चिसो भएपछि यसले कपाल धुनुहोस । हप्तामा एक पटक यो मिश्रण लगाउनाले डैन्ड्रफको समस्याबाट मुक्त हुन सक्नुहुनेछ ।

अमला :  अमलालाई नरिवल तेलमा उमालेर कपालको जरामा लगाउनुहनेस । यसको अलावा अमलासंगै शिकाकाई पाउडरको मिक्स गरीएको  पेस्ट बनाएर कपालमा लगाउनुहनेस र केहि समयपछि धुनुहोस ।

दही :  दहीले कपालको लागि बेस्ट कंडिशनरको जस्तै का गर्छ । दहीमा कालो मरिच  मिलाएर कपालमा लगाउनुहोस । यसको अलावा दहीमा कागती मिलाएर कपालमा लगाउनाले कपाल नरम हुनुका साथै कपालमा शाइनिंग आईरहन्छ ।

ग्रीन टी :  मनतातो पानी र ग्रीन टीलाई कपालमा लगाउनुहोस । यसलाई एक घण्टासम्म राखेपछि धुनुहोस । ग्रीन टीमा एंटीअक्सीडेंट्स हुन्छ जसले कपाललाई झर्नबाट कम गर्छ ।

तनावबाट मुक्त :  कपाल झर्नाको ठेलो कारण तनाव हो । तनावमा रहनाले कापालको जरा कमजोर हुन्छ । यसबाट बच्नको लागि मेडिटेशन गर्नुहोस जसले हार्माेनल संतुलन बनाउँछ र कपाललाई हेल्दी राख्छ ।

Please follow and like us:

Comments