यसवर्षको प्रवेशीका परिक्षा एसएलसी चैत्र ५ गते हुने भएको छ ।

आज बिहान बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा बोर्ड बैठकले  परीक्षा ५ गते बाट सुरु भई चैत्र १६ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसवर्ष प्रयोगात्मक शिक्षाको समेत परीक्षा दिनुपर्नेछ । यसअघि संैद्धान्तिक विषयको मात्रै परीक्षा हुँदै आएको थियो । प्रयोगात्मक विषयको पनि परीक्षा हुने भएकोले यो पटकको एसएलसी  १६ गतेसम्म संचालन हुने परीक्षा नियन्त्रक विष्णु द्वारेले जानकारी दिनुभयो । माध्यमिक तहमा ३ वटा विषयमा प्रयोगात्मक अध्ययन हुन्छ ।

Comments