गोलो र गोरो अनुहार । चिटिक्क परेको जिउडाल । ५ फिट २ इञ्च उचाई । एकताका नेपाली म्युजिक भिडियोमा निकै चल्यो यो अनुहार । दीपक लिम्बुको ‘मैले माया गर्न जानिन.. बोलको गीतमा मोडलिङ गरेकी उनले एउटै म्यूजिक भिडियोबाट धेरैको मन लोभ्याइ सकेकी छन् । अहिले अष्ट्रेलियालाई कर्म क्षेत्र बनाएकी सुनसरी इटहरीकी रिञ्जी मानन्धर कला क्षेत्रमा सानै उमेरदेखि पाइला चालेकी थिइन् ।

विद्यालयमा अध्ययन गर्दा ताका पाँच वर्षको कलिलो उमेरमै नृत्य सुरु गरेकी उनले विद्यालयस्तर तथा जिल्लास्तरीय नृत्य प्रतियोगितामा कहिल्यै दोस्रो हुनु परेन् । बुबा प्रहरीको जागिरे । बुबाको जागिरसँगै उनको अध्ययनले पनि विभिन्न स्थानमा सरुवा भैराख्यो । कहिले बिराटनगर त कहिले धरान हुँदै सिराह इटहरीदेखि काठमाडौंसम्मका विद्यालयमा उनले अध्ययनका लागि छानिन् । तर जहाँ–जहाँ पुगिन त्यहाँ त्यहाँ नृत्य र अध्ययनका माध्यमले प्रभाव छाडिन् ।

चौध वर्षको सानै उमेरमै ‘अदृृश्य’ सिरियलबाट अभियन यात्राको प्रारम्भ गरेकी उनले करिब एक दर्जन जती म्यूजिक भिडियोमा कम्मर मर्काइसकेकी छन् । नृत्य र अभियनमा रुचि राख्ने उनले नवराज बस्नेतको ‘तिमी रुन्थ्यौ जब…..’, मनिस पोख्रेलको ‘खुसी दिन सक्दैनौ भने…..’लगायत एक दर्जन जति म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् ।

एसएलसीपछि निर्देशक तुलसी घिमिरेको सम्पर्कमा आएकी उनको तस्बिर घिमिरेले मन पराएपछि उनलाई नृत्यका लागि सहयोग गरेका थिए । उनी भन्छिन ‘उहाँले “दर्पण छाँया” र “दूई किनारा” चलचित्रका निर्देशक दिनेश अधिकारीको नृत्य स्कुल हारती कला केन्द्र नृत्यका लागि सिफारिस गरिदिनु भएको थियो ।’

तत्कालिन समयमा तुलसी घिमिरेको चलचित्रमा अभियन गर्ने मौका पाएकी उनले पारिवारीक समस्याले चलचित्रमा अभियनको जादु देखाउन भने पाइनन् । उनले भनिन ‘मम्मी बिरामी हुनु भयो र काठमाडौं छाड्नु प¥यो ।’

सपिङ तथा फोटो सुटमा उत्तिकै रुचि राख्ने उनलाई करलफुल कपडा निकै मनपर्छ रे । ‘गोरी छु त्यसैले रेड, पिंक तथा ओरेञ्ज कलरले मलाई उज्यालो देखाउँछ’ उनले भनिन ‘र यो सुहाउँछ पनि ।’

आफूलाई फेसन कन्सियस भएको बताउने मानन्धर फेसन फरक कपडा लगाउनु मात्रै होइन भन्छिन । उनको बिचारमा फेसन आफ्नो शरीर सुहाउँदो हुनुपर्छ । स्कीन कलर अनुसारको कपडाले सुन्दरतामा चमक थप्ने उनको विश्वास छ । भन्छिन ‘सबैभन्दा मुख्य कुरा सहज हुनुपर्छ, फेसन आफै भैहाल्छ ।’

Please follow and like us:

Comments