बाराको गढीमाईमा हुने पशुबलि रोक्न नेपाललाई अन्तर्राष्ट्रिय रुपमा दवाव परेको छ ।

गढीमाईको पशुबलिको विरोध गर्दै पर्यटनमन्त्री दीपक अमात्यमार्फत राष्ट्रपति, प्रधानमन्त्री र सचिवका लागि ज्ञापनपत्र पठाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यस्तो प्रचलन रोक्नुपर्ने भन्दै समाचार दिइरहेको अवस्थामा पर्यटनलाई सिधै नकारात्मक प्रभाव पर्ने अभियान समेत सुरु भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठल बताउनुभयो ।

नेपाललाई निर्दयी मुलुकको रुपमा परिभाषित गरिदै नेपालको पर्यटन क्षेत्रलाई असर पुग्ने गरी से नो टु नेपाल भन्ने अभियानसमेत चलाइएको सचिव श्रेष्ठले जानकारी दिनुभएको छ । यसैबीच गढीमाई मेलाको पशुबलिलाई लिएर विदेशी नियोगहरूले गम्भीर चासो दिँदै हिंस्रक कार्य नगर्न नेपाल सरकारसँग माग गरेका छन् ।

बेलायतले गढीमाईको विषयलाई लिएर आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ ।

Comments