साफ महिला फुटबल अन्तर्गत बंगलादेश पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा बंगलादेशलाई १–० ले हराउँदै  नेपाल फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल शुक्रबार हुने छ । भारत पनि आज श्रीलंकालाई ५–० ले हराउँदै फाइनलमा पुगेको हो । नेपाललाई जिताउन खेलको एक मात्र गोल सजना रानाले गरेकी थिईन् । खेलको ५६ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै रानाले नेपाललाई जिताएकी थिईन् ।

Please follow and like us:

Comments