यसै वर्ष सम्पन्न विश्वकप फुटबलमा निराशाजनक प्रदर्शन गरेपछि छवि सुधार्ने अभियानमा लागेको ब्राजिलियन फुटबल टोलीमा पछिल्लो समय अर्को विवाद सिर्जना भएको छ ।

नयाँ प्रशिक्षक डुंगाले टोलीका कप्तान थिआगो सिल्भालाई हटाएर उक्त जिम्मेवारी युवा स्ट्राइकर नेयमारलाई दिएपछि चर्चित खेलाडी नै एक अर्काप्रति आरोप प्रत्यारोपमा ओर्लिएका छन् । टोलीका खेलाडी थिआगो सिल्भाले आफूलाई कुनै जानकारी नै नदिई कप्तानको जिम्मेवारीबाट हटाइएको आरोप समेत लगाएका छन् । पछिल्लो समय नयाँ प्रशिक्षक डुंगाले नेमारलाई कप्तानको जिम्मेवारी सुम्पिएपछि सिल्भा रुष्ट बनेका हुन् ।  विश्वकपपछि नेमारले कप्तानको भूमिका निर्वाह गर्दै आए पनि यस विषयमा प्रशिक्षक र नेमार दुबैले आफूलाई जानकारी नगराएको आरोप सिल्भाले लगाएका छन् । नेमारले भने प्रशिक्षकले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् ।

Please follow and like us:

Comments