रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट आइडी बैंकका गार्डलाई गोली हानी लुटेरा समूहले करिब २० लाख रुपैयाँ लुटेका छन् ।

दुई वटा मोटरसाइकलमा आएका लुटेराहरुको समूहले एसबिआइ बैंकबाट रकम झिकेर बाहिर निस्केका आइडी बैंकका गार्ड टेकबहादुर कार्कीलाई दुई गोली हानी भागेका थिए । उनको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । लुटेराहरुमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  भाग्न सक्ने सम्भावित सबै नाका थुनेर पिछा गर्दै जाँदा डिएसपी नेत्रमणि गिरी नेतृत्वको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका ६ जुडीबेलाबाट एक लुटेरालाई पक्राउ गरिएको हो ।

लुटेरा सिन्धुली पिपलमाडी १ का नारायण राई रहेको प्रहरीले जनाएको छ ।

Comments

comments