नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मूलुकलाई विकासको गतिमा लैजान समयमा संविधान निर्माण गरेर राजनीतिक गतिरोध हटाउनुपर्ने बताउनुभएको छ ।

ईलाममा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै ओलिले प्रक्रियामा गएर भएपनि निर्धारित मितिमा संविधान जारी हुने जिकिर गर्दै लोकतान्त्रिक शक्तिको दुई तिहाई बहुमत रहेकोले संविधान जारी हुनेमा शंका नगर्न आग्रह गर्नुभयो । ओलीले विभिन्न बहानामा संविधान बनाउन नदिने खेल भइरहेपनि संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहललाई लक्षित गर्दै उहाँले २२ दलीय मोर्चाको नाममा देश दौडाहा गरेर मूलुकलाई थप अस्थिरतातर्फ धकेलेको आरोप लगाउनुभयो ।

Please follow and like us:

Comments