संवैधानिक राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले कांग्रेस–एमालेले थालेको हस्ताक्षर प्रक्रिया नसिच्चएसम्म स्थिति गम्भीर र असहज भएको बताउनुभएको छ ।

भट्टराईले आज विज्ञप्ती जारी गर्दै संविधानसभा र समितिबाहिर हस्ताक्षर गरेर दवाब दिने प्रक्रिया नसच्चिएसम्म स्थिति गम्भीर र असहज हुने धारणा व्यक्त गर्नुभयो । कांग्रेस–एमाले लगायतका दलले आफ्नो साझा प्रस्ताव संविधानसभाको बैठकमा लैजान दवाब दिने उद्देश्यले हिजो ४३ सभासदको हस्ताक्षर समिति सभापति भट्टराईलाई बुझाएका थिए ।  त्यसको कानुनी, राजनीतिक, संवैधानिक प्रभाव र परिणामका विषयमा परामर्श गरेर मात्रै आगामी कदम चाल्ने निर्णयअनुसार भट्टराईले कानुनविद्, संविधानविद् र संविधानसभाका अध्यक्षसँग आज परामर्श गरेपछि यस्तो बताउनुभएको हो ।

सभापति भट्टराईले यस विषयमा थप परामर्श गरेर मात्रै आगामी कदम चाल्ने बताउनु भएको छ ।

Comments