सार्क मुलुकका परराष्ट्रमन्त्री लगायत विशिष्ट अधिकरीका लागि भारतबाट झिकाइएका ३२ ओटा गाडी नेपाल भित्रिएका छन् ।

अस्ति आइतबारै भारतको दिल्लीबाट काठमाडौंका लागि हिँडेका ३२ वटा बुलेट प्रेफ गाडी आज मध्यान्ह भैरहवा भन्सार कटेर नेपाल भित्रीएको रूपन्देही प्रहरीले जानकारी दिएको छ ।  मर्सिडिज कम्पनीका बेन्चकार धेरै जसो सेतो रंगका  रहेको र गाडीलाई अस्थायी नम्बर प्लेट दिएर काठमाण्डौ पठाइएको बताइएको छ । सार्क सम्मेलनमा सहभागि हुने सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखले प्रयोग गर्ने ‘बुलेट प्रुफ’ गाडी भने हवाई मार्ग हुँदै गत साता नै काठमाडौं आइपुगेका छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले भने आफ्ना लागि छुट्टाछुट्टै बुलेट प्रुफ गाडीको प्रबन्ध गर्ने भएका छन् ।

भारतीय विदेश मन्त्रालयको समन्वयमा निजी क्षेत्रबाट ३२ गाडीको ११ दिनको प्रयोगबापत १ करोड ३५ लाख भारतीय रुपैँया भाडा बापत नेपाल सरकारले भुक्तानी गर्नुपर्नेछ ।

Comments