पाकिस्तानमा जारी तेस्रो साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

समीकरण अनुसार समूह विजेता नेपालले अर्को समूहको उपविजेता बंगलादेशसंग खेल्ने भएको छ । समूह बी को विजेता नेपालले समूह चरणमा भुटान, आयोजक पाकिस्तान र श्रीलंकालाई हराएको थियो । बंगलादेशले माल्दिभ्स र अफगानिस्तानलाई हराउँदा भारतसंग हार बेहोरेको थियो । त्यसैगरी उपविजेता श्रीलंकाले अर्को समूहको विजेता भारतको सामना गर्नेछ । सेमिफाइनल खेलहरु बुधबार हुनेछन् ।

Comments