अनमोल केसी र आना शर्मा अभिनित  नेपाली कथानक चलचित्र “जेरी”को स्वादलाई दर्शकहरुले मिठो मानेको बताइएको छ | गत ३ दिनको रेकर्ड अनुसार देशब्यापी आम्दानीको हिसाबकिताब गर्दा चौरासी लाख ७६ हजार कमाइ भएको निर्माण पक्षले जनाएको छ | राजधानीका  ठुला मल्टिप्लेक्स हल तथा साना सिङ्गल स्क्रिन उपत्यका बाहिरका सिनेमा हलहरुमा समेत युवा दर्शकहरुको ठुलो भिड लागेको बताइएको छ |

आगामी पाँच दिनमा “जेरी”ले १ करोडको आम्दानी बटुल्नेमा शंका नरहेको वितरक नरेन्द्र महर्जनले सन्चार माध्यमलाइ जानकारी गराएका छन् | मुलकभर ६० ओटा पर्दामा एक साथ लागेको “जेरी” ले सुरुको दुइ दिनमा नै ६५ लाखको आम्दानी गरेको थियो | युवाहरुको कथामा आधारित “जेरी” को निर्देशन हेमराज बिसीले गरेका हुन् |

Comments

comments