नेपाली बालिकालाई भारतीय यौन बजारमा बेचिएको एक कथामा आधारित हलिउड चलचित्रले मानव बेचबिखन विरुद्ध कार्यरत सामाजिक संस्था चाइल्डरिच सँग सहकार्य गर्दै मानव बेचबिखन विरुद्धको अभियानमा सहयोग पुर्याउने भएको छ |

ओस्कार बिजेता अभिनेत्री एम्मा थोम्सनले निर्माण गरेको चलचित्र “सोल्ड”ले मानवीय दुष्ट प्रवृति र एक बालिकाले भोग्नु परेको पीडादायक कथा समेटिएको छ | फिल्मका निर्देशक ओस्कार बिजेता जेफ्री डी ब्राउनले आफुले बनाएको सिनेमाले बालबालिकाको हितमा उनीहरुको शैक्षिक विकासमा सहयोग पुर्याउन  अर्थ संकलन गर्ने बताएका छन् | काठमाडौँमा चलचित्र “सोल्ड”को नेपाल प्रिमियर आज हुने भएको छ | अंग्रेजी भाषामा बनेको चलचित्र   सोल्ड अमेरिका प्रिमियर भने यस अघिनै गरि सकिएको छ |  यस चलचित्रमा बरिष्ठ नेपाली हास्यकलाकार मदनकृष्ण श्रेष्ठको समेत अभिनय रहेको छ |

चलचित्र “सोल्ड” प्याट्रिसिया म्यक्रिमिकको उपन्यासमा आधारित छ | आफ्नो जन्मभूमि नेपालको  एक गाउँबाट  भारतको कलकत्तामा रहेको ह्याप्पिनेस हाउस नामको कोठी सम्म पुगेकी लक्ष्मी नाम गरेकी एक बालिकाको  जीवनयात्रा यस चलचित्रको मुख्य बिषय बस्तु हो | चलचित्रमा बलिउड कलाकार सिमा विस्वास, सुस्मिता मुखर्जी लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् | चलचित्रको मुख्य पात्र “लक्ष्मी”को भूमिका भने नियर सैकियाले निभाएकी छिन् |

बालबालिकाको संरक्षणको क्षेत्रमा कार्यरत संस्था चाइल्डरिचका अनुसार बर्सेनि अनुमानित  १२ हजार भन्दा बढी बालबालिका भारतीय बजारमा बेचिने गरेको छ |

Comments

comments