जी ट्वान्टी शिखर सम्मेलनका लागि अष्ट्रेलिया पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक कार्यक्रम जारि रहेकै बेला उनले सिड्नी स्थित अल्फोन्स एरिना ओलम्पिक पार्कमा जम्मा भएका २० औं हजार भारतीय समुदायलाई सम्बोधन गरेका छन् | भारतीय चुनावी इतिहासको तेस्रो दशकमा अत्याधिक मतका साथ विजयी भएका मोदीको केहि महिना अघि भएको अमेरिकी भ्रमण कुनै एक पप स्टारको जस्तै भएको मुल्यांकन सेलाउन नपाउंदै सिड्नीमा उस्तै स्वागत र भब्य समारोहका बीच आफुलाई पाउँदा निकै हर्षित देखिन्थे |

द्विपक्षीय बार्ताका लागि अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोट सँग क्यानबेरामा भेटघाटमा जानु केहि अघि मात्रै सम्पन्न मोदीको सम्बोधन सुन्न आएका समर्थकहरुको भिडले  अल्फोन्स एरिना ओलम्पिक पार्क पुरै भरिएको थियो | अल्फोन्स एरिना ओलम्पिक पार्क यस अघि अन्तरष्ट्रिय गायक क्याटी पेरि आउँदा मात्र दर्शकले भरिएको थियो | ( IMAGE: http://www.narendramodi.in)

english-slider-allphones

नरेन्द्र मोदीको सार्वजनिक सम्बोधन सुन्न अमेरिका, सिंगापुर र न्युजिल्यान्डबाट समेत भारतीय समुदाय सिड्नी पुगेको सन्चार माध्यमहरुले जनाएका छन्  | राजनीतिका सुपरस्टार बनेका मोदीको सम्बोधन सम्बन्धि समाचार संकलन गर्न २५ भन्दा बढी भारतीय सन्चार माध्यमका प्रतिनिधिहरु कार्यक्रम स्थलमा पुगेका थिए |

बिगत २८ बर्षको इतिहासमा  भारतीय  प्रधानमन्त्रीको यो औपचारिक भ्रमणले अष्ट्रेलिया संगको सम्बन्ध थप निकट ल्याएको मोदीले औंल्याएका छन् | ४ लाख ५० हजार भारतीय समुदायका मानिसहरु बसोबास गर्ने अष्ट्रेलियामा पुन: अर्को पटक भारतीय प्रधानमन्त्री फर्की आउन २८ बर्ष कुर्नु नपर्ने समेत उनले बताएका छन् | “अष्ट्रेलिया र भारत दुवै देश एउटा कुरा बिना बाच्न सक्दैन, त्यो हो क्रिकेट ” मोदीले भने |
दुई महिना अघि मात्रै भारतको औपचारिक भ्रमणमा अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोट पुगेका थिए | भारत र अष्ट्रेलिया बीच ब्यापारिक सम्बन्ध पछिल्लो समयमा सुस्ताएको देखिए पनि लामो समय देखि हुने भनिएको परमाणविक शक्ति सम्झौता सम्बन्धमा थप छलफल अघि बढ्ने संकेत देखिएको  विश्लेषकहरुले उल्लेख गरेका छन् |  मेलबर्नमा भएको भारतीय बिद्यार्थी माथिको आतंकवादी हमला पश्चात अष्ट्रेलिया र भारत बीचको औपचारिक सम्बन्ध थप मजबुत बन्दै गएको देखिन्छ | बिशेष गरि आतंकवादका बिरुद्ध दुवै देशको लक्ष्य एकै हुनुले निकटता बढेको बताइन्छ |

मोदीको यो भ्रमण पश्चात भारतमा अष्ट्रेलियन लगानी भित्र्याउन समेत मद्दत पुग्ने बताइएको छ | भ्रमणकै अवसरमा सामाजिक सुरक्षा, लागूऔषध  नियन्त्रण, पर्यटन र सांस्कृतिक सहकार्य सम्बन्धमा द्विपक्षीय हस्ताक्षर गरिने कार्यक्रम रहेको छ |

भारतीय प्रधानमन्त्रि मोदी अल्फोन्स एरिना ओलम्पिक पार्क पुग्दा उनलाई स्वागत गर्ने हजारौंको भीडमा सिख समुदायले भने प्रवेश द्वारमा नै मोदी बिरुद्ध   बिरोध जनाए | प्रधानमन्त्री मोदी र उनका समर्थकले हिन्दुवादीहरुको वकालत गर्दै हिंडेको र यस्तो गतिविधिले सानो संख्यामा रहेका अन्य धर्मवलम्वीहरुको पहिचानलाई छायाँमा पारेको उनीहरुको आरोप छ |

अल्फोन्स एरिना ओलम्पिक पार्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन कार्यक्रम यस्तो थियो

Comments