सरकारले सार्क शिखर सम्मेलन अगाडि नै रिक्त डिआइजी र एसएसपीमा बढुवा गर्ने तयारी गरेको छ ।

अहिले डिआइजीमा ४ र एसएसपीमा २० रिक्त पदमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले बढुवा गर्ने तयारी गरेको हो । डिआइजीमा बढुवा भएपछि एसएसपी पद रिक्त भए पनि त्यसका लागि बढुवा प्रक्रिया अगाडि बढ्न सकेको थिएन । यसअघि एआइजी र डिआइजीमा बढुवा भए पनि सोभन्दा तल्लो पोस्टमा बढुवा प्रक्रिया रोकिएको थियो । कात्तिक २६ गते डिएसपीमा बढुवाको सिफारिस सूची सार्वजनिक भएको थियो ।

नयाँ नियमावली अनुसार भएका सबै पदको सिफारिस विवादित बनेको थियो ।

Comments