विश्वमै सबैभन्दा बढि पशुपंक्षीको बलि चढाइने मेलाका रुपमा चिनिएको गढीमाई मेला बाराको बरियारपुरमा सुरु भएको छ  ।

हरेक ५ वर्षमा लाग्दै आएको विश्व प्रसिद्ध गढीमाई मेला मंसिर महिनाभर चल्नेछ । मेलाको मुख्य बलि दिन १२ र १३ गते बोका, सेतो मुसा, हाँस, परेवा  लगायतको बलि चढाइने छ ।  मंसिर ११ गते मध्यरातमा गढीमाई मन्दिरमा सेतो मुसा, सुङगुर, कुखुरा, बोका र परेवाको पञ्चबलि दिएरबलिको शुरुवात हुने छ । यो वर्ष राँगाको बलि तोकिएको स्थानमा मात्रै र अन्य पशुपंक्षीको बलि मेलास्थल प्रवेश गरेपछि लगाइएको घेरा भित्र हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेलास्थलका विभिन्न चार ठाउँमा एक दिनमा झण्डै १५ हजार दर्शनार्थीहरु बास बस्ने सक्ने गरि निःशुल्क बासस्थलको प्रबन्ध मिलाइएको छ । यस्तै दर्शनार्थी र भक्तजनहरुको सुरक्षा र सहजताका लागि मेलास्थलमा प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ रेग्मीको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि करीब एक हजार भन्दा बढी सुरक्षाकर्मी र  एक सय ५० जना ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।

Please follow and like us:

Comments