आज कर दिवस, सरकारी तथा गैरसरकारी क्षेत्रले विभिन्न कार्यक्रम गर्दैछन् ।

करदाता मैत्री कर प्रशासन, समृद्धि र सुशासन भन्ने नारासहित आज यो दिवस मनाउन लागिएको हो । सरकारले २०५४ साल मंसिर १ गते भ्याट लागु भएको दिनलाई स्मरण गर्दै मंसिर १ गते कर दिवस मनाउँदै आएको छ । करको महत्व र आवश्यकतालाई नागरिक तहसम्म पुर्याउने जस्ता जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागिएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

Comments