इराक र सिरियामा आतंक मच्चाइरहेको आफुलाई इस्लामिक स्टेट बिद्रोही बताउने समुहले पुनः एक अमेरिकी नागरिकको घाँटी रेटी हत्या गरेको भिडियो सार्वजनिक गरेको छ | अमेरिकी सहयोग नियोगमा कार्यरत पिटर कसिग नामका कर्मचारीको  हत्या भएको पुष्टि भएको हो |

यसै बीच आफ्नो देशका नागरिक पिटर कसिगको हत्याको भर्त्सना गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनका परिवारजनमा समावेदना तथा पिटर कसिग प्रति श्रदान्जली ब्यक्त गरेका छन् |

इस्लामिक स्टेटले अमेरिकाले आफुहरु बिरुद्ध थपसैन्य शक्ति इराक पठाउन लागेकोले त्यसको बिरुद्ध चेतावनी स्वरुप अमेरकि नागरिकको हत्या गरेको बताएको छ | जिहादी वेवसाइटमा प्रकाशित एबं आइएस बिद्रोहीको ट्वीटर ह्यान्डल मार्फत सार्वजनिक भएको भिडियोमा अरु १८ जना सिरियन सैन्य टोलिको समेत हत्या गरिएको देखाइएको एबिसी न्युजले उल्लेख गरेको छ |

अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोटले पछिल्ला हत्याका घटनाहरुको भर्त्सना गर्दै मानिसको घाँटी रेटी हत्या गर्ने क्रुर पेशा अपनाउने इस्लामिक स्टेट घृणित भएको बताएका छन् |

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार कसिगले अमेरिकी सैन्य सेवामा सन् २००७ मा १ बर्षकाम गरेका थिए | सो समयमा उनि इराकमा कार्यरत थिए | २६ बर्षीय कसिगले सैन्य सेवा छाडेर स्वास्थ्य कर्मीको रुपमा आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न लेवनान र सिरियामा स्वयमसेवकको रुपमा काम गरे | सन् २०१३ मा उनलाई सिरियाको डेर अल जोरबाट कब्जामा लिईएको थियो |

दक्षिणी टर्कीलाई आधार क्षेत्र बनाई आफैले सुरु गरेको गैरसरकारी संस्थामा कार्यरत किसगले युद्ध पिडित शरणार्थीहरुको आपतकालीन स्वास्थ्य उपचारमा संलग्न हुँदै  आएका थिए | इस्लामिक स्टेट विद्रोहीको कब्जामा रहेकै बेला उनले आफ्नो नाम अब्दुल रहमान राखेको किसगका परिवारले जनाएका छन् | किसगका परिवारजनले आफ्ना छोराको मृत्युले मर्माहत बनाए पनि आम मानिसहरुको सेवामा किसगले बिताएको छोटो जीवन अमुल्य रहेको उल्लेख गरेका छन् |

Comments