भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ औँ सार्क शिखर सम्मेलनमा भाग लिन आउने क्रममा मंसिर ९ गते राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवालाई सम्बोधन गर्ने भएका छन् ।

मोदिले मन्दिर परिसरमा सीमित व्यक्तिलाई मात्र सम्बोधन गर्ने बताइएको छ । मोदीको सम्बोधन जानकी मन्दिर परिसरमा हुने छ भने उनलाई जानकी मन्दिरमै नागरिक अभिनन्दन गरिने तयारी छ । मोदीले पूर्व तथा वर्तमान सभासद, दलका प्रतिनिधि, नागरिक समाजका अगुवा र सञ्चारकर्मीलाई सम्बोधन गर्ने बताइएको छ । यता मोदीको जनकपुर भ्रमण भव्य बनाउन सरकारले आन्तरिक तयारी सुरु गरेको छ । जनकपुरमा मोदीको स्वागत गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले विभिन्न पक्षसँग यसबारे छलफल थाल्नुभएको हो ।

मोदीको जनकपुर भ्रमण र त्यहाँको कार्यक्रमबारे जानकारी दिँंदै मन्त्री निधिले कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

Comments

comments