कुवेतमा जारी एसीसी यु १९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले आज युएईको सामना गर्दैछ ।

खेल बिहान पौने १२ बजे सुरु हुनेछ । सोही समयमै अफगानिस्तानले कुवेतको सामना गर्दैछ । चार खेलबाट सत्प्रतिशत नतिजाका साथ अफगानिस्तान ८ अंकबाट शीर्ष स्थानमा रहँदा अफगानिस्तानसंग पराजित भएको नेपाल ६ अंकबाट दोस्रो स्थानमा छ ।

Comments