युरो कप फुटबल २०१६ अन्तर्गत समूह चरणका छनोट खेलमा जर्मनी, पोल्याण्ड, स्कटल्याण्ड, पोर्चुगल र रोमानिया विजयी भएका छन् ।

पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्न नसकेको जर्मनीले जिब्राल्टारलाई ४–० ले हरायो । जर्मनीलाई जिताउने क्रममा थोमस मुलरले दुई तथा मारियो गोएट्जले एक गोल गरे । जिब्राल्टारका योगान सान्तोसले आत्मघाती गोल गरे । जितसंगै जर्मनी ७ अंकका साथ समूह डीको दोस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी १० अंकबाट शीर्ष स्थानमा रहेको पोल्याण्डले जर्जियालाई पनि ४–० ले नै हरायो । समूहको अर्को खेलमा स्कटल्याण्डले आयरल्याण्डमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । त्यसैगरी समूह एफ् का खेलमा हंगेरीले फिनल्याण्डलाई १–० ले, रोमानियाले नर्दन आयरल्याण्डलाई २–० ले तथा फारोइ आइल्याण्डले ग्रीसलाई १–० ले हरायो ।

समूह आइको खेलमा पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको गोलबाट अर्मेनियालाई १–० ले तथा डेनमार्कले सर्वियालाई ३–१ ले हरायो । युरो कप अन्तर्गत आज राति ९ खेल हुँदैछन् । इङ्गल्याण्डले स्लोभेनियासंग, स्पेनले बेलारुससंग, स्वीडेनले मोन्टेनेग्रोसंग, रुसले अष्ट्रियासंग तथा युक्रेनले लग्जेम्बर्गसंग खेल्दैछन् ।

Comments

comments