आगामी मंसिर १० र ११ गते काठमाडौंमा आयोजना हुने सार्कको १८औं शिखर सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको छ ।

शिखर सम्मेलनको सम्मेलन स्थल राष्ट्रिय सभागृह लगभग तयारी अवस्थामा पुगेको बताइएको छ । सभागृहको मुख्य हलमा सार्कका ८ राष्ट्रका राष्ट्राध्यक्ष वा सरकार प्रमुखका लागि स्थान छुट्याइएको छ भने मञ्चको अगाडि अति विशिष्ट पाहुना तथा आठै राष्ट्रका मन्त्रीहरुका लागि स्थान छुट्याइएको छ । हलमा नयाँ एसी जडान गरिएको छ भने साउन्ड सिस्टम, माइक र बत्तीको व्यवस्था पनि अन्तर्राष्ट्रिय मापदन्ड अनुसारको बनाइएको छ ।

मुख्य हलको दायाँतिर अति विशिष्ट पाहुनाहरुलाई सम्मेलन स्थलमा लानुभन्दा केही समयअघि आराम गर्नका लागि ‘होल्डिङ रुम’ अर्थात् आराम कक्षको निर्माण पनि पूरा भएको बताइएको छ ।

Comments

comments