नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द पक्षले संसदीय प्रणालीबाट जनवादी सत्ता स्थापना असम्भव भएको भन्दै जनविद्रोहको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

कपिलबस्तुको शिवगढी जंगलमा केन्द्रीय अन्तरक्रियात्मक कार्यक्रममा चन्दले पार्टीको केन्द्रीय समितिले अस्वीकार गरेको प्रतिवेदनसहित दुई बटा दस्तावेज पेश गर्नुभएको थियो । भेलाले जनविद्रोहका लागि पार्टी तयार नभए आफ्नो ढंगले अघि बढ्ने निर्णय समेत गरेको छ । सुरुमा प्रचारात्मक आन्दोलन गर्ने र विद्रोहमा जाने चन्दको तयारी छ । भेलाअघि नै चन्दले आन्दोलनको सुरुवात भ्रष्टाचारीहरुलाई कारबाही गरेर सुरु गर्ने बताउनुभएको थियो ।
भेलाले सविधानसभा भंग गरी अधिकारसम्पन्न गोलमेच सभाका लागि दबाव दिने निर्णय पनि गरेको छ ।

Please follow and like us:

Comments