सार्क शिखर सम्मेलनको अवसर पारेर औपचारिक रुपमा सुरु हुने काठमाडौं  दिल्ली बस सेवा आगामी मंसिर ११ गतेबाट संचालन हुने भएको छ ।

सरकारले मंसिर ११ बाट बस सेवा औपचारिक रुपमा सुरु गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सरकारले बस सेवा संचालनका लागि तयार रहन व्यवसायीलाई निर्देशन दिएको मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिनुभयो । सार्क सम्मेलनका लागि काठमाडौं आउने भारतीय पक्षसँग यस विषयमा अन्तिम छलफलपछि दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा बस सेवाको शुभारम्भ गर्ने सिटौलाले बताउनुभयो ।  नेपाल र भारतबीच अनौपचारिक रुपमा यस अघि नै बस सेवा संचालनमा आएपनि अब भने औपचारिक रुपमा सेवा सुरु हुन लागेको हो ।

Comments

comments