नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तोकिएको समयमा सविंधान जारी गर्ने वातावरण बनाउन प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ ।

विराटनगरमा आज बिहान आयोजित कार्यक्रममा नेता नेपालले कांग्रेस र एमालेले गरेको सहमतिको आधारमा कुनै निर्णय गर्नै नसक्ने भन्ने अवस्था नरहेको भन्दै एकीकृत माओवादी र मधेशवादी दललाई तोकिएको समयमा नै संविधान जारी गर्ने वातावरण बनाउन पनि आग्रह गर्नुभयो । तोकिएकै समयमा संविधान जारी गर्न दलहरुबीच संविधानका विषयमा सम्झौता गरेर भएपनि सहमतिमा पुग्न आवश्यक रहेको उहाँको भनाई थियो ।

संविधान निर्माणका लागि सबै दल एक ठाउँमा आउनुपर्ने भन्दै नेता नेपालले संविधान निर्माण गर्ने प्रतिबद्धता आए प्रदेशको संख्यामा सम्झौता हुन सक्ने बताउनुभयो ।

Comments