सेलेना गोमेजले केहि समय अघि युनिसेफको दूतको रूपमा गरेको नेपाल भ्रमणलार्इ जीवनको अर्थ बुझ्ने मौकाको रूपमा लिइन् । यो अवधिमा उनले धेरै सिक्ने र बुझ्ने मौका पनि पाएको उनको भनार्इ छ । सेलेनाले नेपालको बसाइमा ननुहाएको पनि बताइन् । एबीसी न्यूजसंग कुरा गर्दै भनिन् ‘यो निकै सुन्दर र आध्यात्मि थियो’ ।
२१ वर्षिय चर्चित गायिका र नायिकाले भनिन् ‘म प्रत्येक दिन फिल्डमै गएर काम गर्थिए, मैले अहिले बाँचिरहेको जीवन भन्दा धेरै फरक जिवनमा पनि पूर्ण रूपमा हराएको महसुस हुन्थियो’ । उनले थपिन् ‘नेपालमा यस्ता ठाउँहरू घुमे जहाँ साना बालबालिकाहरू शौचालयका लागी आफ्ना बुवाआमासँग याचना गरीरहेक थिए ‘ ।
हामीले नसोचेको विश्वमा उनले आफ्नो उर्जा खर्च गर्न चाहेको कुरा पनि बताइन् । उनले भनिन् पहिला मलार्इ नेपाल कहाँ पर्छ भन्ने थाहा थिएन र सायद धेरैलार्इ यो भ्रमणले नेपाल कहाँ पर्छ भन्ने थाहा भयो होला ।

Comments