वैदेशीक रोजगारीको व्यवस्थापनका लागि सरकारले स्मार्ट कार्डको व्यवस्था गर्ने भएको छ ।

वैदेशीक रोजगारीमा जाने कामदार ठगिने, भनेको सूचना लिन नसक्ने जस्ता समस्यासमाधान गर्न कामदारलाई लक्षित गरि सरकारले स्मार्ट कार्डको व्यवस्था गर्न लागेको हो । वैदेशीक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालेले सबै काम कार्डबाटै गर्न सकिनेगरिसरकारले नयाँ व्यवस्था गर्न लागेको बताउनुभयो ।  उहाँले स्मार्ट काड बनेपछि वैदेशीक रोजगारीमा जाने कामदार ठगिनबाट जोगिने पनि दावी गर्नुभयो ।  विभागले अहिले विदेश जानुअघि लिने तालिमको नक्कली प्रमाणपत्र बन्न थालेपछि अनुगमन पनि गरिरहेको छ ।

अनुगमनबाट धेरैलाई सचेत गराइएको ढकालले बताउनुभयो ।

Comments