पाकिस्तानमा जारी तेस्रो महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज नेपालले आयोजक पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

आठ टीम सहभागी प्रतियोगिताको नेपालको समूहमा पाकिस्तानका साथै भुटान र श्रीलंका छन् । नेपालले पहिलो खेलमा भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसैगरी, पाकिस्तान भने श्रीलंकासँग २–१ ले पराजित भएको थियो । आजै श्रीलंका र भुटान पनि भिड्दै छन् ।

Comments