कुवेतमा जारी एसीसी यु–१९ प्रिमियर लिग क्रिकेटमा नेपालको असली भिडन्त आज हुँदैछ ।

बिहान ११ बजे नेपालले अफगानिस्तानको सामना गर्दैछ । ६ टिम सहभागी प्रतियोगितामा नेपाल र अफगानिस्तान उपाधि दाबेदार हुन् । यसअघिका दुवै संस्करणका उपाधि भिडन्तमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।  जारी प्रतियोगिताका सुरुका तीन खेलमा शानदार प्रदर्शनका साथ नेपाल अगाडि बढिरहेको छ । नेपालले मलेसियालाई ५३ रनले, कुवेतलाई २ सय ६२ रनले तथा साउदी अरेबियालाई १ सय ९५ रनले पराजित गरेको थियो । अझ सशक्त प्रदर्शन गरेको अफगानिस्तान रनरेटमा नेपालभन्दा अगाडि छ ।

एक खेल खेल्न बाँकी छँदै उपाधि दाबेदारहरु भिड्न लागेको यो खेल फाइनल सरह मानिएको छ ।

Comments