नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको आसन्न महाधिवेशन पुनः स्थगित भएको छ ।

यही कात्तिक ३० गतेदेखि मंसीर २ गतेसम्मका लागि तय भएको नेविसङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन आसन्न सार्क सम्मेलनको कारण देखाउँदै अनिश्चित कालका लागि स्थगित भएको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकको एकीकरणपछि ८ वर्षदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन । सातौैं पटक महाधिवेशन स्थगित भएपछि नेविसंघ नेताहरु निराश र आक्रोशित बनेका छन् ।

यसअघि महाधिवेशनको मिति तोक्न माग गर्दै नेविसंघका नेताहरु कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनसन बसेका थिए ।

Comments

comments