टर्कीको इस्तानबुलमा भएको मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले घरेलु राष्ट्र टर्कीलाई ४–० गोलले स्तब्ध पारेको छ ।

गय राति भएको खेलमा ब्राजिलियन स्टार स्ट्राइकर नेयमारको दुई गोल मद्दतमा टर्की पराजित भएको हो । २ गोल गरेसँगै उनले राष्ट्रिय टोलीका लागि गरेको गोल संख्या ४२ पुगेको छ । विश्कपको सेमिफाइनलमा लज्जास्पद हार बेहोरेको ब्राजिलले विश्वकपपछि भएका सबै खेलमा जित निकालेको छ ।

Comments

comments