पोखरा र काठमाण्डौँमा भव्यताका साथ सम्पन्न नेपाली र्यापरहरुको नेपहप कन्सर्ट अब नेपाल बाहिर अष्ट्रेलियामा पनि हुने भएको छ ।

१६ नोभेम्बरमा सिड्नीको अक्सफर्ड आर्ट फ्याक्ट्रिमा हुन गईरहेको सो कन्सर्टमा भाग लिन निर्णय द एन एस के, र्याप कनेक्ट, जङ्गी निशान लगायतका नेपालका चर्चित र्यापर र विशेष प्रस्तुतिका लागि आस्था भण्डारी (आस्था बी) अष्ट्रेलिया पुगिसकेका छन् ।

विशेषगरी अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुका मनोरन्जनका निमित्त यो कन्सर्ट आयोजना गरिएको र्याप निर्णय श्रेष्ठले बताए । टिकट मूल्य ३० डलर तोकिएको कन्सर्टको आयोजना एल्प ईन्टरटेन्मेन्ट र होर होइन होला ईभेन्ट्सले गर्न लागेको हो ।

Comments

comments