सुवास पाठक भर्खरै १९ वर्षका भए । नवलपरासीको एउटा विद्यालयमा पढेर भर्खर १२ कक्षा पूरा गरी कलेज पढ्ने तयारी गरिरहेका रहेछन् उनी अहिले । नेपालमा उनी अपरिचित नै छन् अहिलेसम्म तर यूरोप र अमेरिकामा भने उनको ख्याति बढ्दो छ । किनभने उनले गरेका वेब डिजाइन र डिभेलप्मेन्ट गर्ने सफ्टवेर -https://prepros.io  को मूख्य बजार यूरोप र अमेरिका हुन् । अर्थात उनी आफूले बनाएका वेब डिजाइन र डिभेलप्मेन्ट गर्ने सफ्टवेर यूरोप र अमेरिकामा बेच्छन् ।

उनले बनाएको सफ्टवेर विक्रीबाट पहिलो दुई दिनमा भएको १ लाखको कमाई हेल्प नेपाल नेटवर्कको परोपकारी अक्षय कोष अभियानलाई सहयोग गर्न उनी नेटवर्कका अभियान्त रवीन्द्र मिश्रलाई खोज्दै काठमाडौं आइपुगेपछि बल्ल सुवासको बारेमा अहिले चर्चा हुन थालेको छ ।

कहिं कतै तालिम नलिएर, नवलपरासीको विद्यालयमा पढेर, आफ्नै जिज्ञासा, प्रतिभा र मिहिनेतबाट १९ बर्षकै उमेरमा पश्चिमा देशमा विक्रि हुने सफ्टवेर बनाएर पहिलो दुई दिनमै १ लाख रुपैयाँ कमाएको सुन्दा म छक्क परें–मिश्रले आफ्नो फेसबुकमा लेखेका छन् ।

सफ्टवेर विक्रीबाट आएको रुपैयाँबाट शुरुमा घुम्न जाने विचार गरेका सुवासले पहिले राम्रो कामबाट थालनी गरौं भन्ने लागेर हेल्प नेपाललाई सहकार्य गर्न आएको उनले बताए ।

Comments

comments