भारत छत्तीसगढको विलासपुरमा परिवार नियोजनको शल्यक्रिया गर्नेक्रममा ८ जना महिलाको मृत्यु भएको छ ।

शल्यक्रिया गर्ने क्रममा ती महिलाहरुको मृत्यु भएपछि त्यसक्षेत्रमा  तनाव उत्पन्न भएको छ । सरकारले राखेको परिवार नियोजनको शल्यक्रिया शिविरमा चिकित्सकको लापरबाहीका कारण उनीहरुको निधन भएको बताइएको छ । मृतकको संख्या अरु बढ्न सक्ने अनुमान गरिएको छ ।  शिविरमा सरकारी लक्ष्य पूरा गर्ने नाममा एकै चिकित्सकले ६ घन्टाको अवधिमा ८३ जना महिलाको शल्यक्रिया गरेका थिए ।

Comments