बन्जि जम्पलार्इ विश्वमै एक साहसिक खेलको रूपमा चिनिने गरिन्छ । हत्तपत्त जोकोहीले पनि गर्न डराउने बन्जि जम्प मुटु कमजोर भएकालार्इ गर्न दिइदैन । नेपालमा बन्जिको लागि प्रख्यात छ भोटेकोशी । काठमाण्डौ बाट करीब तिन घण्टाको बस यात्रा पछि पुगिन्छ यो ठाउँमा ।

तिब्बतको सिमानामा पर्ने यो ठाउँ विश्वकै उत्कृष्ट र अग्लो बन्जिहरू मध्ये एक हो । एक सय साठि मिटर अग्लो पुलबाट डोरीले बाधिएको अवस्थामा तल नदितिर झर्नुको आनन्द वस्तामै अद्भुत हुने गर्दछ । अन्य देशहरूमा यस प्रकारको बन्जिमा प्राकृतिक वातावरणको आनन्द पाइदैन भने भोटेकोसिमा प्रकृतिको मजा पनि लिन पाइन्छ । भोटिकोसिमा बन्जिको साथ साथै क्यनोइङ्ग र र्याफ्टिङ्ग पनि गर्न पाइन्छ । विभिन्न ट्राभल्स एण्ड टुर संस्थाहरूले करीब चार हजार रूपैयाँमा एउटा लन्च सहित एक दिनमा काठमाण्डौ बाट गएर बन्जि जम्प गरेर फर्किने सकने योजनाहरू ल्याएका छन् ।

Comments

comments