प्रधानमन्त्रीलगायत सत्तारूढ दलका शीर्षस्थ नेताहरूले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई राजनीतिक अवस्थाबारे प्रस्ट पार्ने भएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, सत्ता गठबन्धनको अर्को दल एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य साना दलका नेताहरूसमेत भएर राजनीतिक अवस्था, संविधान लेखनमा भएका प्रगति र देखिएका विवादबारे अन्तर्राष्ट्रिय समुदायसामु प्रस्ट पार्न लागिएको परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाले जनाएको छ । उनीहरूलाई सोल्टी होटलमा आज जानकारी दिन लागिएको हो ।

महाशाखाले सोमबारै सबै कूटनीतिक नियोगमा पत्राचार गरेर भेलाका लागि बोलाइसकेको छ ।

Comments