नेपालमै पहिलो पटक आजदेखि काठमाडौंमा पूर्वाधार सम्मेलन शुरु हुँदैछ ।

पूर्वाधार विकासका बारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघको आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री सुशिल कोइरालाले दिउँसो ३ बजे उद्घाटन गर्नुहुने तय भएको छ । सम्मेलनलाई उर्जा, यातायात, शहरी, उद्योग मन्त्रीलगायत उद्योगी व्यवसायीहरुले पनि सम्बोधन गर्ने कार्यक्रम छ । भोलिसम्म चल्ने सम्मेलनमा ५ सयभन्दा बढी सहभागी हुने जनाइएको छ ।

Comments