“धुम्रपानले लिन्छ ज्यान ” यो सन्देश अब सार्वजनिक महत्वको जानकारी मात्र सिमित रहेन | यसै सन्देशलाई प्रवाह गर्ने उदेश्यमा आधारित रहेर चलचित्र”नो स्मोकिङ्ग” तयार हुँदैछ | आफै धुम्रपानको लतमा फसेका निर्माता मुरारी पोख्रेलले धुम्रपान छोड्ने उद्घोष सहित लगानी गरेको चलचित्र “नो स्मोकिङ्ग” को निर्देशन सुमन दाहालले गरेका हुन् | लामो समय खर्चेर छायांकन गरिएको यस चलचित्रको सबै दृश्य छायांकन समापन गरिएको निर्माण पक्षले जनाएको छ |

 चलचित्र”नो स्मोकिङ्ग” मा झरना थापा , सन्जय खतिवडा , महिमा शिलवाल , रमेश बुढाथोकि आदि कलाकारको अभिनय देख्न पाइने छ । चलचित्र २०७२ सालको बैसाख मा सार्वजनिक  प्रर्दशनमा आउने जनाइएको छ ।

Comments

comments