लुम्बिनीमा यहि कार्तिक २९ देखि मंसिर २ गतेसम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ३० देशका ४ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

लुम्बिनी बौद्ध विहारअन्तर्गत् थेरवाद बुद्धिष्टि एकेडेमी र म्यानमारको सितगु इन्टरनेसनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएका जानकारी सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा दिइयो । सम्मेलनमा नेपाललगायत रुस, बेलायत, जापान, स्वीडेन, स्वीजरल्यान्डलगायत देशका भिक्षुहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । लुम्बिनीस्थित म्यानमार धम्म हलमा हुने सम्मेलनको उद्घाटन राष्ट्रपति डा। रामवरण यादवले गर्ने कार्यक्रम तय गरिएको छ ।

Comments

comments