आसन्न सार्क शिखर सम्मेलन क्रममा सदस्यराष्ट्रबीच बिजुली आदानप्रदान तथा ऊर्जा व्यापार गर्ने उद्देश्यले सार्कस्तरीय विद्युत व्यापार सम्झौता (पिटिए) गर्ने तयारी भएको छ ।

यही मंसिर १० र ११ गते काठमाडौंमा हुने १८ औं सार्क शिखर सम्मेलनमै सार्कस्तरीय पिटिए हस्ताक्षर गर्ने गरी सबै सदस्यराष्ट्र आन्तरिक तयारीमा जुटेका छन् ।  ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले प्रस्तावित सार्क विद्युत व्यापार सम्झौताबाट सदस्य राष्ट्रबीच बिजुली उत्पादन, प्रसारण र व्यापारका सबै विषय सहज ढंगले सम्बोधन हुने बताउनुभयो ।  सार्क सदस्यराष्ट्रमध्ये बिजुली किनबेच सहज बनाउन प्रसारण लाइन निर्माणदेखि क्षेत्रीय ग्रिड स्थापनासम्म विषय समेटेर क्षेत्रीय विद्युत व्यापार सम्झौता गर्नेबारे तीनरचार वर्षदेखि नै छलफल हुँदै आएको हो । भारतको नयाँदिल्लीमा गत असोज ३० र ३१ गते भएको सार्क ऊर्जामन्त्रीस्तरीय पाँचौं बैठकका सहभागीले पिटिए मस्यौदा पारित गरी प्रारम्भिक सम्झौतासमेत गरेका थिए ।

Comments