एसिसी यु–१९ प्रिमियर क्रिकेट आइतबार सुरु हुने भएको छ ।

अफगानिस्तान, युएई र साउदी अरेबिया टोलीका खेलाडीहरूको भिसा समस्या भएपछि कुवेतमा शुक्रबार पहिलो दिन हुने भनिएका खेलहरू रद्द भएका थिए । एसियाली क्रिकेट परिषद (एसिसी) का अनुसार प्रतियोगितामा सहभागी हुन आउने टोलीका केही खेलाडीको भिसा प्रक्रिया पूरा नभएकाले दुई दिन पछाडि सार्नुपरेको हो । पहिलो दिन नेपालले मलेसिया र अफगानिस्तानले कुवेतसँग खेल्ने कार्यक्रम थियो । अब नेपालले आइतबार साउदी अरेबियासँग पहिलो खेल खेल्नेछ । सोही दिन मलेसिया र अफगानिस्तानबीच अर्को खेल हुनेछ ।

नयाँ तालिकाअनुसार नेपालले ७ दिनमा सबै पाँच खेल्नेछ । साउदी अरेबियासँग खेलेपछि नेपालले सोमबार आयोजक कुवेत, बुधबार मलेसिया, शुक्रबार अफगानिस्तान र अर्को आइतबार युएईसँग खेल्नेछ ।

Comments

comments