एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिमै संविधान जारी गर्नुपर्नेमा जोड दिँदै अन्तिम समयसम्म पनि सहमतिका लागि प्रयास गर्ने बताउनुभएको छ ।

आज काठमाडौमा आयोजित कार्यक्रममा दाहालले विगतमा गरिएका सहमति विपरित संविधान जारी गर्न खोजिए मुलुक ठूलो दूर्घटनामा पर्ने चेतावनी दिनुभयो । पछिल्लो समय संविधान लेखनमा भएको प्रगति सन्तोषजनक रहेको बताउनुभयो । संक्रमणकाल लम्बिदै गर्दा शिक्षा क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको भन्दै उहाँले संविधान लेखनका लागि दबाब सिर्जना गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

Comments