प्रधानमन्त्री सुशील कोइरालाले विदेशिएका नेपाली श्रमिकहरुको व्यवस्थापनमा सहयग गर्न अन्तर्राष्ट्रिय आप्रवासी संगठनलाई आग्रह गर्नुभएको छ ।

आज बिहान संगठनकी प्रमुख लाउरा थम्सनसंग भएको भेटमा कोईरालाले कामको सिलसिलामा विदेश गएका नेपाली श्रमिकहरुले विभिन्न समस्या झेलिरहेको बताउनुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्रीलाई नेपालमा रहेका भुटानी शरणार्थी र संगठनले गरिरहेको कामबारे जानकारी गराइएको थियो । उनीहरुले प्रधानमन्त्रीलाई नेपाल सरकारसँग मिलेर जोखिममा रहेका श्रमिकहरुको पक्षमा काम गर्ने ईच्छा व्यक्त गरेका थिए ।

मुख्य गरेर सीमाबाट आउने श्रमिकहरुको बारेमा उनीहरुको चासो थियो । प्रधानमन्त्रीलाई भेट्न संगठन प्रमुख लाउराका साथै संगठनकी नेपाल मामिला प्रमुख मोरीजियो गुजाली बालुवाटार पुगेका थिए ।

Comments

comments