अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न दिएको निर्देशन तत्काल लागु नगर्न संसदको अर्थ समितिले उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

अर्थ समितिको आज बसेको बैठकले मन्त्रालयलाई उक्त निर्देशन दिएको हो । अख्तियारले लाइसेन्स लिएर पनि काम अगाडी नबढाएको भन्दै काबेली जलविद्युत आयोजनासहित १३ वटा आयोजनाको फाइल तानेर लाइसेन्स खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो ।  अर्थ समितिले खारेज गर्न निर्देशन दिइएका आयोजनाहरुको यथार्थ अवस्था तथा विवरण एक महिनाभित्रमा बुझाउन उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

यथार्थ विवरण आइसकेपछि विस्तृत अध्ययन गरेर कुन आयोजना खारेज गर्ने, कुन आयोजना खारेज नगर्ने भनेर मन्त्रिपरिषद वा उर्जा मन्त्रालयले बल्ल निर्णय गर्ने समितिका सभापति प्रकाश ज्वालाले बताउनुभयो ।

Comments

comments