अस्थायी शिक्षकहरुको आह्वानमा आज काठमाडौं उपत्यकाका सामुदायिक विद्यालयहरु बन्द गरिएको छ ।

विगतमा गरिएको सहमति कार्यान्वयनको मागसहित आन्दोलनरत अस्थायी शिक्षकहरुले आन्दोलन स्वरुप आज उपत्यकाका तीनै जिल्लाका सामुदायिक विद्यालयहरु बन्द गरिएको हो । शिक्षकहरुले कक्षा बहिष्कार गरी आन्दोलनलाई निरन्तरता दिएका छन् । शिक्षा मन्त्रालयद्धारा विसं २०७० असोज १३ गते शिक्षकहरुका पेसागत संगठनसमेतको उपस्थितिमा अस्थायी शिक्षकहरु गरिएको सहमति कार्यान्वयन नगरिएको भन्दै विद्यालय बन्द गरिएको आन्दोलनरत शिक्षक दिनेश थापाले जानकारी दिनुभयो ।

विगतमा गरेको सहमति कार्यान्वयन नगरी १३ हजार शिक्षककोे विज्ञापनको अन्तिम नतिजा प्रकाशन गर्न लागिएका कारण हजारौं शिक्षकहरु सेवाबाट बाहिरिने अवस्था सिर्जना भएको अस्थायी शिक्षक संघर्ष समितिले जनाएको छ । शिक्षकहरुको बन्द आह्वानका कारण पठनपाठनमा अवरोध पुगेको छ । यसबाट एसएलसीको तयारीमा रहेका विद्यार्थीहरु अझ बढी प्रभावित भएका छन् ।

Comments