नेभेम्वर ८ शनिवारका दिन अष्ट्रेलियन नेपालीहरुको एउटा प्रतीक्षाको घडीको अन्त हुँदैछ । किनभने दी अग्लीज समूहको साँगीतिक प्रस्तुतिमा झुम्न चाहनेहरुका लागि दी अग्लीज नामक साँगीतिक साँझको आयोजना हुँदैछ । नेप्ले इभेन्टसले आयोजना गर्न लागेको उक्त कार्यक्रममा दी अग्लीजले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरी दर्शकलाई मेलबर्नको चढ्दो गर्मीलाई विर्साइदिनेछ । अग्लीज व्याण्डको आउँदा जाँदा र धेरैपछि भेट भो लगायतका गीत चलेका छन् ।

दी अग्लीजको प्रस्तुतिसँगै स्थानीय व्याण्ड स्वर्णीमा आफ्नो रकिङ प्रस्तुति मार्फत दर्शकलाई तताउँने योजनाका साथ तयारीमा जुटिरहेको छ । यस्तै डिजे प्रास्ता,डिजेएलपुन,डिजे मिस्टा र डिजे रञ्जन लगायतले पनि आफ्नो आकर्षक प्रस्तुती पेश गर्नेछन्् । कार्यक्रम राती नौ बजेदेखि सिबीडी नाइटक्लबमा हुने आयोजक नेप्लेले जनाएको छ । कार्यक्रममा पहिले नै टिकट बुकिङ गर्नेलाई २५ डलर र कार्यक्रमकै समयमा टिकट काट्नेलाई ३० डलरको व्यवस्था गरिएको छ । कार्यक्रम स्थलबाहिर काठमाडौं कटेजले स्वादिलो र वाफिलो ममको स्टल समेत राख्दैछ ।

डिजे प्रास्ता नेप्ले इभेन्टस प्रशिक्षित डिजे हुन् । उनी डिजे एकेडेमीबाट राम्रो डिजेको रुपमा छनौटमा समेत परेकी थिईन् । शनिवारको प्रस्तुति उनको पहिलो प्रस्तुति हो । कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको जनाउँदै नेप्लेका निर्देशक सञ्जय शाहले शनिवार हुने कार्यक्रम सबैका लागि यादगार साँझका रुपमा रहने दाबी गरे ।

कार्यक्रमलाई अझ आकर्षक बनाउँन फेसन शोको व्यवस्था पनि गरिएको छ,जहाँ सुन्दर मोडलहरुले र्याम्पमा आकर्षक क्याटवाक प्रस्तुत गर्नेछन् ।

Comments

comments