मेलबर्न। अष्ट्रेलियामा २०१९-२० को पीआर भिसा सम्बन्धि डाटा सार्वजनिक भएको छ। अष्ट्रेलियाको गृह मन्त्रालय अन्तर्गत विभागले उक्त डाटा सार्वजनिक गरेको हो।

डाटामा उल्लेख गरिए अनुसार, २०१९-२० मा यो वर्ष १ लाख ४० हजार ३ सय ६६ जनाले पीआर भिसा पाएका छन्। यो संख्या २०१८-१९ को भन्दा १२ प्रतिशतले कम हो।

प्रदान गरिएको पीआर भिसाको कुल संख्याको ७० प्रतिशत भिसा दक्ष आप्रवासीको लागि प्रदान गरिएको छ।

पीआर प्राप्त गर्नेमध्ये सबैभन्दा बढी भारतका रहेका छन्। भारतीय मुलका २५ हजार ६ सय ९८ जनाले पीआर भिसा प्राप्त गरेका छन्। पीआर भिसा सबैभन्दा बढी पाउनेको सुचीमा चीन दोस्रो स्थानमा रहेको छ भने नेपाल छैठौं स्थानमा रहेको छ। २०१९-२० मा नेपालका ५ हजार ४८ जनाले पीआर भिसा प्राप्त गरेका छन्।

त्यस्तै, पीआर भिसा पाउनेहरुमा न्यु साउथ वेल्समा बसोवास गर्ने ४४ हजार १ सय ८२, भिक्टोरियामा बसोवास गर्ने ३४ हजार १ सय ८९, क्विन्सल्याण्डमा बसोवास गर्ने १८ हजार ७ सय ४३ रहेका छन्।

New South Wales (NSW) – 44,182 places
Victoria (VIC) – 34,189 places
Queensland (QLD) – 18,743 places
South Australia (SA) – 11,996 places
Western Australia (WA) – 11,377 places
Tasmania (TAS) – 6,152 places
Australian Capital Territory (ACT) – 4,370 places
Northern Territory (NT) – 2,558 places
Not Specified – 6,799 places

सम्पूर्ण विवरणको लागि क्लिक गर्नुहोस् >> homeaffairs.gov.au/report-migration-program-2019

Please follow and like us:

Comments