मेलबर्न। अष्ट्रेलियामा नेटफ्लिक्सको मूल्यमा वृद्धि हुनेभएको छ। नेटफ्लिक्सले अष्ट्रेलियामा बिहिबार देखि मूल्य वृद्धि गर्ने भएको हो।

नेटफ्लिक्सका अनुसार, मासिक ९.९९ डलरको बेसिक प्लानको मूल्य अब १०.९९ डलर हुनेछ। त्यस्तै, स्ताण्डर्ड प्लानको मूल्य १३.९९ डलरबाट अब १५.९९ डलर हुनेछ।

१९.९९ डलरको प्रिमियम प्लानको भने मूल्य वृद्धि हुनेछैन।

नयाँ प्रयोगकर्ताहरुका लागि यो नयाँ मूल्य बिहिबार देखि लागु हुनेछ भने पूराना प्रयोगकर्ताहरुका लागि उनीहरुको बिलिंग साइकल अनुसार लागु हुनेछ।

Source : 7News

Please follow and like us:

Comments