ब्रिसबेन। जनसम्पर्क समिति क्विन्सल्याण्डको अधिवेशन सम्पन्न भएको छ। अधिवेशन बुधबार ब्रिसबेनमा नयाँ नेतृत्व चयन संगै सम्पन्न भएको हो।

संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ। जसअनुसार, यसअघि अभिमन्यु केसीको नेतृत्व रहेको संस्थाको अबको नयाँ नेतृत्व विनोदभक्त आचार्यले सम्हाल्ने छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा हरि डिसी, सचिवमा सुमन खड्का, सहसचिवमा श्याम बस्नेत चुनिएका छन् । त्यस्तै, सदस्यहरुमा सुनील बस्नेत, सन्तोष पौडेल, अर्नेष खड्का चुनिएका छन् । कोषाध्यक्ष र बाँकी तीन सदस्य भने कार्यसमितिको बैठकले चयन गर्ने बताइएको छ।

नेपालका पूर्वराज्यमन्त्री रेवति भुसालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा महाधिवेशन प्रतिनिधि ईश्वरीप्रसाद पोडेलले अतिथिको आशन ग्रहण गरेका थिए ।

कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजक उमेश खड्का, आईसीसी सदस्य सन्तोष कुँवर, पत्रकार डा. भरतराज पौडेल लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।

Please follow and like us:

Comments